एजेन्सी ।
नेपाल सरकारले नेपालले रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ पारित गरेको पनि लामो समय भइसकेको छ ।
सोही ऐन जारी भइसकेपछि विज्ञान प्रविधि मन्त्रालयले एटमिक रिसर्च सेन्टर बनाउनका धुलिखेल वडा न ८ भाटापोखरीमा रहेको भाटापोखरीमा जग्गा प्राप्तिका लागि कार्य अगाडी बढाएको छ ।
यो सेन्टर निर्माणले क्यान्सर जस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्नेछ । आजसम्म न्युकिलियर मेडिसिनका लागि परनिर्भर रहेको राज्य आत्मनिर्भरसम्म बन्नेछ ।
नेपालमा हरेक साल हजारौँ मानिसले क्यान्सर लगायतका रोगबाट ज्यान गुमाउने गरेका छन् । राज्यको अर्बौं रकम नागरिकको उपचारका लागि हरेक वर्ष न्युकिलियर मेडिसिनका लागि राज्यले खर्च गर्दै आएको छ ।
खाद्यान्न र तरकारी समेत आयात गर्ने मुलुकमा यस्ता रिसर्च सेन्टर निर्माणले औषधि उपचारका लागि मात्र नभई अन्य थुप्रै क्षेत्रमा समेत विभिन्न अध्यन्न गर्ने थलो बन्नसक्ने सेन्टर नै स्थापनाका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एटमिक रिसर्च सेन्टर बनाउन लागेको मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले बताए ।
जग्गा प्राप्तिको अन्तिम चरणमा रहेकै बेला जग्गाको निरीक्षण गर्न धुलिखेल नगरपालिका टिमसँगै धुलिखेल वडा न ८ बडालगाउँ पुगेका सचिव पुडासैनीले यसको महत्व राष्ट्रिय रुपमा रहेको बताए ।
क्यान्सर उपचारको लागि प्रविधि कम रहेको अवस्थामा नेपालमै उत्पादन गर्नुले देशलाई ठूलो योगदान हुने उनले बताए । सचिव पुडासैनीकाअनुसार योजना शुरु गर्नका लागि पनि न्युनतम ३ अर्ब रुपैयाँ चाहिन्छ ।
त्यसका लागी पनि दातृ निकायदेखि विश्व बैंकलाई समेत अपिल गरिने र यसको सुरक्षा र स्थानियलाई खतरा हुने कुरामा भन्ने कुनै शंका नगर्न पनि उनले अपिल गरे ।
न्युकिलियर मेडिसिन निर्माण तथा सबै क्षेत्रका रिसर्च गर्नका लागि यो अनुसन्धान केन्द्र महत्वपूर्ण हुने उनको विश्वास छ ।
धुलिखेल नगरपालिका वडा न ८ मा भाटापोखरी परामाणविक केन्द्र निर्माण गर्नका लागि पालिकाले कार्यपालिकाबाट निर्णय भइ खोल्सा खोल्सी र जमिनमै रहेको मन्दिर बाहेकका करिव ९२ रोपनी जग्गा दिने निर्णय भइसकेको छ ।
यस्ता केन्द्रले धुलिखेलको मात्र नभइ सिंगो राज्यलाई नै फाइदा हुनेमा सिंगो नगरपालिका विस्वस्थ रहेको धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत मोहन मरासिनीले निरीक्षणकै क्रममा बताए ।
यता वडाकै समृद्धिमा कार्य गर्दै आएका वडा अध्यक्षले जग्गा प्राप्तिको अन्तिम चरणमा रहेकाले यस्ता केन्द्र निर्माणले सिङ्गो राज्यलाई फाइदा हुने बताए ।
वर्षेनी खर्च भएको अर्बौं रकम बचाउन र उपचार अभाव तथा औषधिको भएको परनिर्भरता कम गर्न समेत यो उपयोगी हुने धुलिखेल वडा न ८ का वडा अध्यक्ष विनोद गौतमले दाबी गरे ।
७७ वर्षका स्थानीय कालीप्रसाद बडाल पनि सोही आयोजना सम्पन्न गर्नका लागि पालिकाले आफूले भोगचलन गर्दै आएको दर्ता नभएको जमिन पालिकाले छोड्न भनेपछि आफूले छोड्ने बताउँदै अनुसन्धान केन्द्रले स्थानीयलाई समेत सहज हुने आशा समेत उनले व्यक्त गरे ।
स्थानीयको अपेक्षा बमोजिम राज्यले अनिवार्य गर्नुपर्ने कार्यको थालनी ढिलो भएपनि शुरु भएको छ ।
छिटै यस्ता अनुसन्धान केन्द्र सम्पन गराई नेपालको न्युकिलियर मेडिसिनलाई फड्को मार्नका लागि नेपाल सरकार गम्भीर बन्न जरुरी छ ।
प्रकाशित मिति २०८२ असार २ गते सोमबार १०:४४




