२०८३ असोज २३ गते शुक्रबार

मेसी २ वर्षका लागि पिएसजीमा अनुबन्धित

मेसी २ वर्षका लागि पिएसजीमा अनुबन्धित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन २६ गते मंगलबार ०६:३६

अर्जेटिनी खेलाडी लियोनेल मेसी फ्रेन्च क्बल पिएसजीमा आवद्ध भएका छन् । पिएसजीको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले ३५ मिलियन युरोमा पिएसजीसँग  २ वर्षका लागि सम्झौता गर्न लागेकाे अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । पिएसजीले...

अर्जेटिनी खेलाडी लियोनेल मेसी फ्रेन्च क्बल पिएसजीमा आवद्ध भएका छन् । पिएसजीको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले ३५ मिलियन युरोमा पिएसजीसँग  २ वर्षका लागि सम्झौता गर्न लागेकाे अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

पिएसजीले अब चाँडै मेसीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ। बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन्। मेसी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए।

मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ। मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।

सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको फ्रेन्च क्लब पिएसजीले लिओनल मेसीसँग पनि सम्झौता गर्न चाहेको बुझिएको छ।

मेसीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ।

प्रकाशित मिति २०७८ साउन २६ गते मंगलबार ०६:३६
हजुरको प्रतिक्रिया