२०८३ साउन २१ गते बिहीबार

नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि माओवादीलाई बहुमत दिनुस्

नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि माओवादीलाई बहुमत दिनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २ गते सोमबार १२:२१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा ९माओवादी केन्द्र० लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस...

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा ९माओवादी केन्द्र० लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।

उनले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पु¥याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताए । उनले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गरे ।

भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरंकुस सरकार रहेको जिकिर गरे ।

उनले भने, ‘हामीले जनतालाई अपिल गरेका छौँ की यो देशलाई बनाउने हो भने तपाईंहरुले फेरि नेकपा ९माओवादी केन्द्र० लाई एक पटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ । यो पार्टीलाई सशक्त बनाउन पनि तपाईंहरुले सहयोग गर्नुपर्छ । र आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पु¥याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्छ । हाम्रो कार्यक्रमहरुमा जनताको सहभागिता राम्रो भएको छ । पार्टी प्रवेशको लहर बढेको छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरु रोक्ने प्रयत्न भइरहेको बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने बताए ।

प्रकाशित मिति २०८२ असार २ गते सोमबार १२:२१
हजुरको प्रतिक्रिया