२०८३ साउन २१ गते बिहीबार

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः चित्रबहादुर केसी

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः चित्रबहादुर केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार ०९:०८

उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल हुने गरेको उनको भनाइ छ ।

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरु अघि बढाउने कुरा स्भाविक भएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा केसीले यस्तो बताएका हुन् ।

उनले संसदमा यस्ता खेलहरु भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल हुने गरेको उनको भनाइ छ ।

देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै उनले कुनैपनि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए ।

उनले भने, ‘संसदमा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वभाविक रुपले लिन्न । देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल नै छ । एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन ।

भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको उनको दाबी छ ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०९:०८
हजुरको प्रतिक्रिया