२०८३ साउन २१ गते बिहीबार

बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार १०:४८

संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न उनले आग्रह गरेकी हुन् ।
यसले संशोधनकर्ता सदस्यहरुले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने उनको भनाइ छ ।

काठमाडौं ।

नेपाली काँग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छिन् ।

मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

समयको चापलाई हेरेर समितिको बैठक राख्न पनि उनले आग्रह गरिन् ।

समितिमा आज नेपाल कानून व्यवसायी परिषद्(दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग् छलफल थियो ।

संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न उनले आग्रह गरेकी हुन् ।

यसले संशोधनकर्ता सदस्यहरुले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने उनको भनाइ छ ।

उनले भनिन्, ‘समयको व्यस्ततालाई हेरौँ । समयको पावन्दी पनि हेरौँ । बरु बिदाको दिन बोलाउनुस् हामी आउँछौँ तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरु पनि आउनु हुन्न । हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ की सक्दैनौँ ।’

समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने उनले स्पष्ट पारिन् ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार १०:४८
हजुरको प्रतिक्रिया