बागलुङ ।
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने स्थिती नरहेको बताएका छन् । मन्त्रालयका कर्मचारीले कमजोरी गर्दा मन्त्रीले राजीनामा दिनु स्वभाविक नभएको उनले बताए ।
नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हरेक मन्त्रालयमा कार्यरत कर्मचारीका विरुद्धमा मुद्धा परेको भन्दै जसको विरुद्ध मुद्धा छ उसैको अनुसान्धान गर्नु पर्नेमा महतले जोड दिए ।
दीगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढंगले काम गर्न आवश्यक रहेको बताए । वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने बताउदै दिर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको बताए ।
नेता महतले संसद अकारणमा अबरुद्ध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको भन्दै संसद कला देखाउने ठाउँ नभएको बताए । बजेटमा छलफल गर्दा बजेको कार्यान्वयनमा सहज हुँने उनको भनाई छ ।
लोकप्रियताका लागि ल्याइएका योजना असफल बन्दा जनतामा निराशा छाउने भन्दै योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताए ।
यस्तै आर्थिक रुपान्तरणका लागि कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गले ठूलो टेवा पु¥याउने बताए । उनले साविकको धौलागिरी क्षेत्र पर्यटकीय र धार्मिक क्षेत्रको रुपमा निकै चर्चित बन्न थालेको भन्दै कालीगण्डकी करिडोर नेपालकै प्रमुख धार्मिक मार्ग रहेको बताए । उनले नेपाली कांग्रेसमा समय–समयमा व्यक्ति हावी भएको टिप्पणी गरे ।
उनले व्यक्ती हावी हैन जनता र देशलाई केन्द्रमा राखेर काम गर्दा कांग्रेस सक्षम बन्ने बताए । उनले आगमी मंसिरमा पार्टीको महाधिवेशन संभव नभएको बताए । उनले भिजिट भिषा प्रकरणमा कर्मचारी मुछिदा गृहमन्त्रीले राजिनामा दिन नपर्ने बताए । उनले भष्ट्रचार निवारण आयोग संवैधानिक निकाय भएकाले स्वतन्त्र छानविन गर्न सक्ने बताए ।
प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०१:४६




