ज्यान गुमाउनेमा पाेखराका मात्रै ६ जना, प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १२०२ पुग्याे
पाेखरा । काेराेना संक्रमणका कारण सोमबार गण्डकी प्रदेशमा थप १० जनाले ज्यान गुमाएका छन् । साेमबार ज्यान गुमाउनेहरूमा पाेखराका मात्र ६ जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
साेमबार मृत्यु हुनेहरूमा कास्कीका ६ जनासहित नवलपुरका एक जना, तनहुँका एक जना, स्याङ्गजाका दुई जना रहेकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । याे सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ।
यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशभर थप ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३३९ जनामा गरिएको नमुना परीक्षणमा थप ६५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३१ जना, तनहुँका छ जना, गोरखाका १६१ जना, लमजुङका चौध जना र नवलपुरका ८२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ५१ जना, पर्वतका सात जना, बागलुङका ९० जना र म्याग्दी जिल्लाका चौध जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ३४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६१६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ९७२ पुगेको छ।
प्रकाशित मिति २०७८ साउन ३२ गते सोमबार ०५:४८




