२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० आई सिरिज : नेपालले आफ्नो तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दै

त्रिदेशीय टी–२० आई सिरिज : नेपालले आफ्नो तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ५ गते बिहीबार ०९:३३

सिरिजअन्तर्गत नेपालले अब आफ्नो चौँथो तथा अन्तिम खेल भोलि घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।
तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली सिरिजको विजेता बन्नेछ ।

पोखरा ।

स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो ।

निकै प्रतिश्प्रधात्मक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुग्यो ।

त्यस्तै मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।

यसैबीच स्कटल्यान्डमा चलिरहेको सिरिजअन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई हराएको छ ।

नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई १७ रनले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १ सय ८१ रनमा समेटिएको थियो ।

घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृंखला भइरहेको छ ।

शृंखलाको पहिलो खेलमा आइतबार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

योसंगै सिरिजमा नेदरल्यान्ड्स र स्कटल्यान्डको ३ खेलमा समान ४ अंक छ भने नेपालको २ खेलमा २ अकं छ ।

सिरिजअन्तर्गत नेपालले अब आफ्नो चौँथो तथा अन्तिम खेल भोलि घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अंक हुने टोली सिरिजको विजेता बन्नेछ ।

प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार ०९:३३
हजुरको प्रतिक्रिया