२०८३ साउन २१ गते बिहीबार

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद : सांसद शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ५ गते बिहीबार ०३:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको...

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भए पनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताएका हुन्।

उनले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरूले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाए। बजेट वक्तव्यमा हतार गरेर सांसदहरूको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गरे।

उनले मध्यपूर्वमा रहेका चालिसौं लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे।

प्रकाशित मिति २०८२ असार ५ गते बिहीबार ०३:३४
हजुरको प्रतिक्रिया