२०८३ असोज २६ गते सोमबार

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ०९:१३

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।

पोखरा ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरि बोलाइएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।

यस्तै आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत ६ वटा मन्त्रालयको समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०९:१३
हजुरको प्रतिक्रिया