२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० आई शृंखला : अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

त्रिदेशीय टी–२० आई शृंखला : अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार १०:०४

जारी टी–२०आई शृंखलामा नेपालले तीन खेलबाट चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा चार अंकसहित दोश्रो र तीन खेलमा दुई अंकसहित स्कटल्यान्ड तेश्रो स्थानमा छ ।
आजको खेलमा स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ ।

पोखरा ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् ।

नेपाल र घरेलु टोली स्कटल्यान्डबीचको खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा भने मंगलबार स्कटल्यान्डलाई दुई विकेटले हरायो ।

नेपालले भने पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार भने नेदरल्याण्ड्सलाई ६ हरायो ।

नेपालले स्कटल्याण्डसँग टी–२० फम्र्याटमा २ पटक मात्र खेलेको जसमा १ जित र १ हारको नतिजा छ । टी–२० आईमा भने मंगलबारको खेल नै पहिलो थियो । सो खेलमा नेपाल विजयी भएको थियो ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो ।

जारी टी–२०आई शृंखलामा नेपालले तीन खेलबाट चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार खेलमा चार अंकसहित दोश्रो र तीन खेलमा दुई अंकसहित स्कटल्यान्ड तेश्रो स्थानमा छ ।

आजको खेलमा स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार १०:०४
हजुरको प्रतिक्रिया