२०८३ साउन २१ गते बिहीबार

कास्कीको मादीमा गएरातिको पहिरोले केही घरहरु जोखिममा

कास्कीको मादीमा गएरातिको पहिरोले केही घरहरु जोखिममा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ११:१८

खिलाङमा डुमप्रसाद गुरुङको गोठ पुर्दा २ भैंसी पुरिएको वडा सदस्य प्रेमबहादुर गुरुङले बताएका छन् । राती साढे ११ बजे झन्डै ३ सय मिटर माथिबाट पहिरो खसेको उनले बताए ।

पोखरा ।

कास्कीको मादी गाउँपालिका–१ खिलाङ र वडा नम्बर ६ तप्राङका केही घरहरु गएरातिको पहिरोले जोखिममा परेका छन् ।

पहिरोमा परेर खिलाङमा २ भैंसी पुरिएका छन् भने केही घर उच्च जोखिममा परेका छन् । उता तप्राङमा पनि पहिराले गर्दा तीन घर बस्नै नमिल्ने भएको बताइएको छ ।

खिलाङमा डुमप्रसाद गुरुङको गोठ पुर्दा २ भैंसी पुरिएको वडा सदस्य प्रेमबहादुर गुरुङले बताएका छन् । राती साढे ११ बजे झन्डै ३ सय मिटर माथिबाट पहिरो खसेको उनले बताए ।

अनुसार पहिरोका कारण डुमप्रसादको घर र अन्य तीन घर पनि उच्च जोखिममा परेका छन् ।

यसैगरी तप्राङमा आएको पहिरोले विरबहादुर रानाका २ घर र गौबहादुर रानाको घर बस्नै नमिल्ने अवस्थामा पुगेको स्थानीय सुजन पाण्डेले बताए ।

उनका अनुसार भेंडीखर्क बसपार्कबाट खसेको पहिरोले टोल नै जोखिममा पारेको छ ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ११:१८
हजुरको प्रतिक्रिया