२०८३ साउन २१ गते बिहीबार

रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार १२:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। दुई प्रतिपक्षीले...

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो।

दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन मा गर्दै अवरोध गरेपछि उक्त कार्यक्रम कार्यसूचीबाट हटेको थियो। तर सभामुखले अन्य कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिएका हुन्।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटे पनि आज विनियोजन विधेयक २०८२ को विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ हुँदैछ। जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुँदैछ।

युवा तथा खेलकुद र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल पनि विभागीय मन्त्री उपस्थित नभएपछि कार्यसूचीबाट हटाइएको छ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार १२:५५
हजुरको प्रतिक्रिया