२०८३ असोज २६ गते सोमबार

माओवादी सांसद बस्नेतको टिप्पणी – दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन

माओवादी सांसद बस्नेतको टिप्पणी – दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ०१:४६

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन्। शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सबै...

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन्।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाए।

उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताए। उनले सबै दृष्टिकोणले बजेट विनियोजन र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाए। सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताए।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०१:४६
हजुरको प्रतिक्रिया