२०८३ असोज २३ गते शुक्रबार

स्याङ्जाले जित्यो गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेटको उपाधि

स्याङ्जाले जित्यो गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेटको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ०३:२६

पोखरा नवलपुरलाई हराउँदै स्याङ्जाले गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा नवलपुरलाई ४ विकेटले हराउँदै स्याङ्जाले उपाधि जितेको...

पोखरा
नवलपुरलाई हराउँदै स्याङ्जाले गण्डकी प्रदेश स्तरीय तेस्रो टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा नवलपुरलाई ४ विकेटले हराउँदै स्याङ्जाले उपाधि जितेको हो ।

नवलपुरले दिएको १३० रनको लक्ष्य पछ्याएको स्याङ्जाले एक बल अगावै ६ विकेट गुमाएर पुरा ग¥यो । स्याङजाका ईश्वर क्षेत्रीले सर्वाधिक ३० रन बनाए । सुजन गौतमले २८ र सन्दीप खत्री क्षेत्रीले १४ रनको योगदान दिए । बलिङमा नवलपुरका हिमाल न्यौपाने र कप्तान कमल परियारले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नवलपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । नवलपुरका रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले १८ रन बनाएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले ३, सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए ।

उपाधिसँगै स्याङ्जाले एक लाख हात पा¥यो । उपविजेता बनेको नवलपुरले ५० हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वाेत्कृष्ट र उत्कृष्ट ब्याटर स्याङ्जाका सन्दीप खत्री क्षेत्री घोषित भए । उत्कृष्ट बलर पर्वतका अमृत गुरुङ र उदीयमान खेलाडी तनहुँका वंश क्षेत्री बने ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०३:२६
हजुरको प्रतिक्रिया