२०८३ कात्तिक १० गते सोमबार

पोखरामा न्यूजिल्याण्ड शिक्षा प्रशिक्षण–२०२५ सम्पन्न

पोखरामा न्यूजिल्याण्ड शिक्षा प्रशिक्षण–२०२५ सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ७ गते शनिबार ०९:४०

कार्यक्रको उद्याटन सत्रमा बोल्दै इक्यान केन्द्रका उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले अस्वस्थ प्रतिश्पर्धा नगर्न शैक्षिक परामर्श कम्पनी संचालकहरुलाई आग्रह गरे ।
आफुले संचालन गरेको संस्थालाई वैधानीक रुपमा दर्ता गरेर स्वस्थ रुपमा व्यवसाय गर्न उनले सुझाव दिए ।

अस्वस्थ प्रतिश्पर्धा नगर्न शैक्षिक परामर्श कम्पनी संचालकलाई इक्यान केन्द्रका उपाध्यक्षको आग्रह

पोखरा ।

पोखरामा न्यूजिल्याण्ड शिक्षा प्रशिक्षण–२०२५ सम्पन्न भएको छ ।

व्यवसायिक विद्यार्थी सल्लाहकारहरूका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

अप एजुकेशन एण्ड अकल्याण्ड इन्स्टिच्युट अफ स्टडीजको सहयोगमा बिकन एजुकेसन एण्ड भिजा सर्भिसेसको पहलमा कार्यक्रमको आयोजना गरिएको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।

कार्यक्रममा बिकन एजुकेसन एण्ड भिजा सर्भिसेसका संचालक हुमनाथ अर्यालले न्यूजिल्याण्डमा अध्ययन गर्न जानका लागि आवश्यक प्रकृयाका बारेमा जानकारी गराएका थिए ।

यस्तै इक्यान कास्कीका सल्लाहकार तुलसीराम कार्कीले बैदेशीक अध्ययनकाबारे आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रको उद्याटन सत्रमा बोल्दै इक्यान केन्द्रका उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले अस्वस्थ प्रतिश्पर्धा नगर्न शैक्षिक परामर्श कम्पनी संचालकहरुलाई आग्रह गरे ।

आफुले संचालन गरेको संस्थालाई वैधानीक रुपमा दर्ता गरेर स्वस्थ रुपमा व्यवसाय गर्न उनले सुझाव दिए ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्ेले संस्थागत क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिए ।

संस्थागत मर्यादालाई मिचेर हुने कामलाई रोक्न इक्यान कास्की लागि रहेको उनको भनाई थियो ।

प्रशिक्षण कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।

प्रकाशित मिति २०८२ असार ७ गते शनिबार ०९:४०
हजुरको प्रतिक्रिया