२०८३ साउन २१ गते बिहीबार

एसओएस हर्मन माइनर स्कुलमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

एसओएस हर्मन माइनर स्कुलमा अन्तराष्ट्रिय योग दिवस मनाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ७ गते शनिबार ०९:४४

विद्यार्थीहरुलाई योग र ध्यानमा लगाएर ध्यानपूर्वक अध्यन गर्न र जीवनमा अनुशासित भएर बाच्न सक्ने बनाउनका लागि योग शिक्षा दिइएको सुवेदीले बताए ।
सामाजिक संजालको प्रयोगले विद्यार्थीमा वेचैनी बढ्दै गएकाले त्यसलाई कम गर्दै अध्यात्मतर्फ जोड्ने प्रयास गरिएको उनको भनाइ छ ।

विद्यार्थीहरुलाई अध्यात्मतर्फ जोड्ने प्रयास

पोखरा ।

एसओएस हर्मन माइनर स्कुल–पोखरा १० रामबजारमा अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।

दिवसको अवसरमा स्कुलमा योगका बारेमा चर्चा र योग प्रशिक्षण दिइएको थियो ।

अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन हिजो स्कुलको सभाहलमा भएको योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो ।

ब्रह्कुमारी इश्वरीय विश्वविद्यालय पोखरा–१७ विरौटाका सचिव राजयोगी ब्रह्कुमार शिशिर योगीले प्रमुख वक्ताको रुपमा योग र ध्यानकाबारे चर्चा गरेका थिए ।

योगीले व्यक्तीको मस्तिस्कलाई नियन्त्रण गर्ने शिक्षा नै योग रहेको बताए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुको ध्यानलाई एकिकृत गर्नका लागि योग महत्वपूर्ण शिक्षा हुने उनको भनाई थियो ।

यस्तै एसओएस हर्मन माइनर स्कुल–पोखराका नेपाली विषयका शिक्षक एवं योग प्रशिक्षकले योगआसनकाबारे जानकारी र अभ्यास गराएका थिए ।

यस वर्षको योग दिवसको नार्रा एक पृथ्वी एक, स्वास्थ्यको लागि योग’ तय गरिएको छ ।

स्कुलका प्रध्यानाध्यापक चुडामणी सुवेदीले मेडीटेसन विनाको जीवन अर्थपूर्ण नहुने चर्चा गरे ।

विद्यार्थीहरुलाई योग र ध्यानमा लगाएर ध्यानपूर्वक अध्यन गर्न र जीवनमा अनुशासित भएर बाच्न सक्ने बनाउनका लागि योग शिक्षा दिइएको सुवेदीले बताए ।

सामाजिक संजालको प्रयोगले विद्यार्थीमा वेचैनी बढ्दै गएकाले त्यसलाई कम गर्दै अध्यात्मतर्फ जोड्ने प्रयास गरिएको उनको भनाइ छ ।

योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावसहित ४ सय जनाको सहभागिता रहेको थियो ।

एसओएस हर्मन माइनर स्कुल पोखरा १० रामबजारका व्यवस्थापन समिति अध्यक्ष प्रदिपभक्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति २०८२ असार ७ गते शनिबार ०९:४४
हजुरको प्रतिक्रिया