२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मंगलबार थप ४ काे ज्यान गयाे, ५४५ संक्रमित थपिए

गण्डकीमा मंगलबार थप ४ काे ज्यान गयाे, ५४५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १ गते मंगलबार ०५:२८

पाेखरा । काेराेना संक्रमणबाट मंगलबार गण्डकी प्रदेशमा थप ४ जनाले ज्यान गुमाएका छन् । मंगलबार ज्यान गुमाउनेहरूमा नवलपुरका एक जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र कास्कीका एक जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे...

पाेखरा । काेराेना संक्रमणबाट मंगलबार गण्डकी प्रदेशमा थप ४ जनाले ज्यान गुमाएका छन् । मंगलबार ज्यान गुमाउनेहरूमा नवलपुरका एक जना, तनहुँका एक जना, स्याङ्गजाका एक जना र कास्कीका एक जना रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

मंगलबार थप ४ काे ज्यान गएसँगै  गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२०६ पुगेको छ।

यस्तै, मंगलबार गण्डकीका ५४५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६९ जना, तनहुँका ५६ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना र नवलपुरका ४३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ६७ जना, पर्वतका दुई जना, बागलुङका २४ जना र म्याग्दी जिल्लाका १२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार ८८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ।

प्रकाशित मिति २०७८ भदौ १ गते मंगलबार ०५:२८

हजुरको प्रतिक्रिया