२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

गण्डकी प्रदेश राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार ०७:४८

प्रतियोगिताका दुवै सेमिफाइनल खेल मंगलबार हुनेछन् ।

काठमाडौं ।

गण्डकी प्रदेश हेटौंडामा जारी नेकोस राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

हेटौंडा–४ स्थित हुप्रचौरमा जारी प्रतियोगितामा गण्डकी प्रदेशसहित विभागीय टोली सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोटर््स एकडेमीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा पुलिस र एपीएफ भिड्ने छन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र न्यू डाइमण्ड क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । समूह ‘क’ बाट विजेताको रुपमा पुलिस र उपविजेताको रुपमा गण्डकीले नकाउट चरणमा प्रवेश गरेका थिए । समूह ‘ख’बाट डाइमण्ड विजेता बन्दा एपीएफले उपविजेताको रुपमा अगाडि बढ्न बाध्य भयो ।

प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा डायमण्डले मधेश प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । डाइमण्डले मधेशलाई २५–६, २५–१८ र २५–८ को अंकमा पराजित गरेको थियो । मधेशले प्रतियोगितामा कुनै पनि खेल जित्न सकेन ।

डाइमण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । प्रतियोगितामा उसको फर्म असाध्यै बलियो देखिएको छ । उद्घाटन खेलमा बलियो टोली एपीएफलाई पराजित गरेसँगै डाइमण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको हो ।

लिग चरणको अन्तिम खेलमा पुलिसले गण्डकीलाई २५–१३, २५–११ र २५–१९ को स्कोरमा पराजित गरेको छ । गण्डकीले लिग चरणमा एक जित हात पा¥यो । प्रतियोगिताका दुवै सेमिफाइनल खेल मंगलबार हुनेछन् ।

६ टोलीको सहभागी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँसहित ट्रफी जित्नेछन् ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०७:४८

हजुरको प्रतिक्रिया