२०८३ असोज २३ गते शुक्रबार

एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाइ

एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:३३

यही जुन २९ देखि जुलाई ५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एशियन क्वालिफायर्स हुँदैछ । नेपाली महिला टोलीका लागि अब हुने छनोटको पहिलो खेल १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्ने

पोखरा ।

एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम आयोजना गर्दै महिला टोलीलाई बिदाई गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष नेम्वाङले टिम निकै परिष्कृत रहेको बताउँदै जितका लागि शुभकामना दिए ।

त्यस्तै कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको लक्ष्य छनोट हुने रहेको बताइन् । कप्तान तुम्बापोले नयाँ प्रशिक्षकको आगामनपछि धेरै पक्षमा सुधार आएको आशा व्यक्त गरेकी छन् ।

साबित्रा भण्डारीमाथि सबैको भरोसा रहेको र उनी स्टार खेलाडी रहेको उल्लेख गर्दै कप्तान अञ्जिलाले जित निकाल्न एक टिम भएर खेल्दा मात्र सम्भव हुने बताएकी छन् ।

टोलीकी फरर्वाड सावित्रा भण्डारीले यो छनोटका लागि आफूहरू सकारात्मक रहेको र यो विश्वकपजस्तै रहेको पनि बताइन् ।

यो छनोटलाई लिएर सबै उत्साहित रहे पनि रहेको उनको भनाइ छ । महिला खेलाडीका लागि आवश्यक पर्ने प्रोत्साहन प्रशिक्षकबाट पाइरहेको र अहिले टोलीमा रहेका हरेक खेलाडी महत्वपूर्ण रहने गरी तयारी भइरहेको उनी बताउँछिन् ।

यही जुन २९ देखि जुलाई ५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एशियन क्वालिफायर्स हुँदैछ । नेपाली महिला टोलीका लागि अब हुने छनोटको पहिलो खेल १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ ।

१०० खेल खेल्न पाउनु खेलाडीको लागि पनि ठुलो कुरा भएको साबित्रा भण्डारी साम्बाले बताइन् । छनोटमा समूह एफमा रहेको नेपालले लाओस, उज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ ।

पछिल्लो पटक सन् १९९९ मा महिला एसिया कप खेलेको नेपाली महिला टोली २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।

नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्नेछ भने जुलाई २ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ ।

यस्तै जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसिया कपमा छनोट हुनेछ ।

नेपाली महिला टोलीले अहिलेसम्म तीन पटक एसियन कप फुटबल खेलेको छ । पछिल्लो पटक सन् २०२२ को महिला एसियन कपको छनोट खेलेपनि नेपाली महिला टोली छनोट हुन सकेन ।

एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली टोलीमा तीन गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ तथा डिफेन्डरमा गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृता जैशी छन् ।

टोलीको मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल तथा फरवार्डमा साबित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:३३
हजुरको प्रतिक्रिया