२०८३ असोज २३ गते शुक्रबार

एशियन कपमा अहिले नै छनोट हुन्छौं भन्न सकिँदैन– प्रशिक्षक प्याट्रिक 

एशियन कपमा अहिले नै छनोट हुन्छौं भन्न सकिँदैन– प्रशिक्षक प्याट्रिक 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:३४

यद्यपि आफू सकरात्मक नतिजाको आशामा पनि रहेको उनी बताउँछन् । समूह हेर्दा केही सम्भावना पनि देखिए पनि सहज नरहेको उनको भनाइ छ । जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन् । तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन् ।

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी महिला एसियन कपमा अहिले नै छनोट हुन्छौं भन्ने नसकिने बताएका छन् ।

एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमको बिदाइको अवसरमा प्रशिक्षक प्याट्रिकले समूहमा आफूभन्दा बलियो टोली रहेको र त्यससँगै आफ्नो धरातल पनि हेर्नेुपर्ने उल्लेख गर्दै अहिले नै छनोट हुन्छौं भनेर दाबी गर्न नसक्ने बताएका छन् ।

छनोट होस् भन्ने आफ्नो पनि सपना रहेको र त्यहाँको वातावरणका साथै बलियो प्रतिद्वन्दी रहेकाले अहिले नै यसै हुन्छ भन्न नसकिने उनको बुझाइ छ ।

यद्यपि आफू सकरात्मक नतिजाको आशामा पनि रहेको उनी बताउँछन् । समूह हेर्दा केही सम्भावना पनि देखिए पनि सहज नरहेको उनको भनाइ छ ।

जित्नकै लागि आफ्नो टोलीले तयारी गरेको भए पनि सबैले सहजै जित्ने अनुमान गरेको उनले बताएका छन् । तर, त्यो सहज र सरल नरहेको उनी बताउँछन् ।

यस छनोटमा सहभागी ३४ राष्ट्रलाई कुल आठ समूह विभाजन गरिएको छ । हरेक समूहको विजेताले सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपमा स्थान बनाउनेछन् ।

नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा पाँच पल्ट एशियन कप खेलिसकेको उज्वेकिस्तानजस्तो बलियो टोली छ । यो टोली फिफा वरीयतामा ५५औं स्थानमा छ भने नेपाल १०० औं स्थानको टोली हो ।

आँकडा र उसको फुटबल धरातलमा उज्बेकिस्तान बलियो रहेकाले पनि यो छनोट जितेर एशिया कप खेल्छौं भन्न नसकिने प्रशिक्षक प्याट्रिकले बताए ।

यद्यपि उनले आफ्नो लामो समय देखिएको प्रशिक्षण करियरअनुसार हेर्दा नेपाली महिला टोली साँच्चै नै बलियो रहेको उल्लेख गरेका छन् । उनले पूर्ण टिमसहित आफूले तीन हप्ता प्रशिक्षण गरेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:३४
हजुरको प्रतिक्रिया