२०८३ असोज २५ गते आइतबार

गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँः मन्त्री बलराम अधिकारी

गरिब घर, परिवारको छनोट प्रक्रिया २०८२ भित्र सक्छौँः मन्त्री बलराम अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०९:४२

उनले १३ वटा जिल्लामा २०८२ भित्र गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया शुरु गरिएको बताए । सो अवसरमा उनले अरु जिल्लाहरुको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराए ।

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया २०८२ भित्र सक्नेगरी सरकार अघि बढेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले १३ वटा जिल्लामा २०८२ भित्र गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया शुरु गरिएको बताए । सो अवसरमा उनले अरु जिल्लाहरुको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराए ।

मन्त्री अधिकारीले भने, ‘गरिब घर, परिवारको छनोट गर्ने प्रक्रिया छ, हामी यो साल सक्नेगरी कार्यक्रम राखेका छौँ । १३ वटा जिल्लालाई प्रक्रिया अघि बढाएका छौँ । अरु जिल्लाहरुको पहिला पनि कार्यक्रम सम्पन्न भइसकेको छ । उपलब्ध श्रोतको सीमाभित्र रही महत्वपूर्ण कामहरुलाई प्राथमिकतामा राखि बजेट व्यवस्थापन गर्ने उच्चतम प्रयास गरिएको छ । बजेट कार्यान्वयनका क्रममा माननीयज्युहरुले उठान गर्नुभएका चासोहरुलाई सम्बोधन गर्ने प्रयत्न भएको छ ।’

मन्त्री अधिकारीले उपलब्ध श्रोतको सीमाभित्र रही महत्वपूर्ण कामहरुलाई प्राथमिकतामा राखि बजेट व्यवस्थापन गर्ने उच्चतम प्रयास गरिएको दाबी गरे ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०९:४२
हजुरको प्रतिक्रिया