२०८३ साउन २१ गते बिहीबार

भिजिट भिसा प्रकरणः रास्वपा र राप्रपाद्वारा उच्चस्तरीय छानबिन समिति अस्वीकार

भिजिट भिसा प्रकरणः रास्वपा र राप्रपाद्वारा उच्चस्तरीय छानबिन समिति अस्वीकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०१:१०

काठमाडौ । विपक्षी दलहरू रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय समिति अस्वीकार गरेका छन्। जोमाथि छानबिन हुनुपर्ने उनीहरूलाई समितिमा राखिएको भन्दै उनीहरूले समिति अस्वीकार गरेका हुन्। सरकारले...

काठमाडौ ।

विपक्षी दलहरू रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको उच्चस्तरीय समिति अस्वीकार गरेका छन्। जोमाथि छानबिन हुनुपर्ने उनीहरूलाई समितिमा राखिएको भन्दै उनीहरूले समिति अस्वीकार गरेका हुन्।

सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो । तर संयोजक बैरागीमाथि नै प्रश्न उठाउँदै रास्वपा र राप्रपाले समिति अस्वीकार गरेको हुन्।

मंगलबारको प्रतिनिधिसभामा रास्वपाका स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले समिति स्वीकार्य नभएको बताए।

यसअघि यही विषयमा गृहमन्त्री रमेश लेखकले बोल्दा भने संसदमा रास्वपा र राप्रपा सांसदहरू शान्त देखिएका थिए। बैठक सुरु हुनसाथ उठेर अवरोध जनाएको भए पनि सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि आशणग्रहण गरेका थिए।

गृहमन्त्री लेखकले बोल्दै सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिबारे जानकारी गराए। तर उनले बोलिसकेपछि पुनः रास्वपा र राप्रपा सांसदले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन्।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०१:१०
हजुरको प्रतिक्रिया