२०८३ साउन २१ गते बिहीबार

नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०३:०९

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ। मंगलवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले भेला भएर प्रदर्शन गरेका हुन्। उनीहरूले आफूहरूको पेशा मेट्ने नीति...

काठमाडौँ ।

नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ।

मंगलवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले भेला भएर प्रदर्शन गरेका हुन्।

उनीहरूले आफूहरूको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए।

उनीहरूले स्वास्थ्य मन्त्रालयको प्रस्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन्।

कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकार गम्भीर नभएको बताए।

आफूहरूको दरबन्दी कायम गर्न माग गरिरहेको बताए।

ओएनएम फिर्ता नभएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए।

प्रदर्शनमा सहभागी भएकाहरूले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने वेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लाकार्ड बोकेर विरोध जनाएका छन्।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०३:०९
हजुरको प्रतिक्रिया