२०८३ असोज २४ गते शनिबार

मस्र्याङ्दी गाउँपालिकाले ल्यायो ५९ करोड ३४ लाख ९२ हजार ५सय रुपैयाँको बजेट

मस्र्याङ्दी गाउँपालिकाले ल्यायो ५९ करोड ३४ लाख ९२ हजार ५सय रुपैयाँको बजेट

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार ०८:५८

प्रस्तुत बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ३० लाख, प्रदेश सरकारबाट १ करोड १३ लाख १५ हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ११ करोड ६ हजार ८४८ र प्रदेश सरकारको राजस्व
बाँडफाँडबाट १ करोड २० लाख ४९ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।

लमजुङ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५९ करोड ३४ लाख ९२ हजार पाँच सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको ५० करोड ९४ लाख ९४ हजार रुपैयाँभन्दा करिब ९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो ।

मंगलबार गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष जुनामाया थापाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ३० लाख, प्रदेश सरकारबाट १ करोड १३ लाख १५ हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ११ करोड ६ हजार ८४८ र प्रदेश सरकारको राजस्व

बाँडफाँडबाट १ करोड २० लाख ४९ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।

यसैगरी आन्तरिक स्रोतबाट १ करोड, संघीय सशर्त अनुदानबाट २४ करोड ४८ लाख, समपूरक अनुदान अन्तर्गत संघ सरकारबाट २ करोड ९७ लाख र प्रदेश सरकारबाट ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

जलविद्युत रोयल्टीबाट ३ करोड ६० लाख, पर्वतारोहण रोयल्टीबाट ८ लाख, वन पैदावर रोयल्टीबाट ४ लाख र क्षमता विकास कार्यक्रम अन्तर्गत ४ लाख ३६ हजार ५ सय गरी कुल आय ५९ करोड ३४ लाख ९२ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले चालु खर्चतर्फ ७ करोड ७७ लाख, पुँजीगत खर्चतर्फ १९ करोड ७९ लाख, सशर्ततर्फ २४ करोड ४८ लाख, समपूरक कोषतर्फ ५ करोड ९५ लाख, संघीय विशेष अनुदान अन्तर्गत ९० लाख र प्रदेश विशेष अनुदानतर्फ ३९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको जनाएको छ ।

वडागत रुपमा गाउँ–बस्तीका योजनालाई समेट्ने गरी ९ वटै वडाका लागि ४ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, कृषि, पशुपन्छी तथा जडीबुटी क्षेत्रका लागि छुट्टै कार्यक्रम तय गरिएको छ ।

कृषि विकास कार्यक्रम अन्तर्गत १ करोड २५ लाख, पशुपन्छी विकासका लागि ७८ लाख र जडीबुटी विकास तथा प्रशोधनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार विपन्न परिवारलाई लक्षित गर्दै स्वास्थ्य बीमा, ग वर्गका अपांगता भएकाका लागि जीवन निर्वाह भत्ता, एकल जेष्ठ नागरिकलाई भत्ता उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ ।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०८:५८
हजुरको प्रतिक्रिया