२०८३ साउन २१ गते बिहीबार

स्टेप बाई स्टेप माविमा गण्डकी प्रदेश स्तरीय एसईई फुटसल जारी

स्टेप बाई स्टेप माविमा गण्डकी प्रदेश स्तरीय एसईई फुटसल जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार ०९:०८

एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, बागलुङलगायतका जिल्लाबाट २६ टोलीको सहभागिता रहेको छ ।

आज क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल हुँदै

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ७ स्थित स्टेप बाइ स्टेप माध्यमिक विद्यालयको आयोजनामा हिजोदेखि सुरु भएको ‘गण्डकी प्रदेश स्तरीय तेस्रो एसईई फुटसल प्रतियोगिता’ जारी छ ।

प्रतियोगिताको उद्घाटन मंगलबार विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालले संयुक्त रूपमा एन्फाका रेफ्रीहरूलाई बल हस्तान्तरण गरेकार गरेका थिए ।

सो अवसरमा बोल्दै विद्यालयका संस्थापक निर्देशक बरालले शिक्षासँगै खेलकुदमा युवाहरुको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिँदै विद्यालयले पढाइका साथै खेलकुदलाई पनि उत्तिकै महत्व दिएको बताए ।

त्यस्तै प्राचार्य निर्मला बरालले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा मद्दत पु¥याउने तथा भाइचाराको विकास गर्ने भन्दै खेलाडीहरूलाई शुभकामना दिइन् ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, बागलुङलगायतका जिल्लाबाट २६ टोलीको सहभागिता रहेको छ ।

फुटसलअन्तर्गत हिजो मंगलबार सम्पन्न खेलमा स्टेप बाई स्टेप ‘ए’, ऐपेक्स एफसी, मुखिया एफसी, वेल नन एकेडेमी, दिपक एफसी, एमबेस्डर पोखरा, खरबारी एफसी र रबिन एफसी विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ । क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल बुधबार नै सम्पन्न हुने आयोजकले जनाएको छ ।

विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ तथा १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछ ।

उपविजेताले १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा सोही कक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको संयोजक तथा सहप्राचार्य दीपक गिरीले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले पनि छात्रवृत्तिसहित नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०९:०८
हजुरको प्रतिक्रिया