काठमाडौं ।
संघीय संसद् अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज प्रतिनिधिसभाका ३ र राष्ट्रिय सभाका ३ वटा समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक को बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै प्रतिनिधिसभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदाथि छलफल गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।
दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिलगायत विषयमा छलफल हुनेछ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुँदैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
त्यसैगरि सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ ।
बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।
प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०९:१४




