२०८३ साउन २१ गते बिहीबार

पोखरामा होटलकर्मी तथा कर्मचारीका लागि एआईको प्रयोगसम्बन्धि अभिमुखिकरण

पोखरामा होटलकर्मी तथा कर्मचारीका लागि एआईको प्रयोगसम्बन्धि अभिमुखिकरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार ०९:१७

कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे ।

पोखरा ।

होटल संघ पोखरा नेपालले होटलकर्मी तथा कर्मचारीका लागि एक दिने अभिमुखिकरण प्रदान गरेको छ ।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्बन्धमा संघले मंगलबार यो कार्यक्रम आयोजना गरेको हो ।

एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर)सँगको सहकार्यमा संघले लिभरेजिङ एआई, टेक्नोलोजी एण्ड ओटीएज शीर्षकमा अभिमुखिकरण आयोजना गरेको हो ।

प्रविधिको प्रयागबाट २०२५ मा होटलहरुले बढी भन्दा बढी आम्दानी बढाउन सकुन भनेर कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

कार्यक्रममा एक सय जना भन्दा बढी होटलकर्मी र कर्मचारीले सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले अभिमुखिकरणका सहभागीले एआईबारे धेरै बुझ्ने मौका पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न संघलाई आग्रह गरे ।

संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले अभिमुखिकरणबाट सहभागीले नजानेको कुरा जान्ने मौका पाएको भन्दै यो ब्रेन स्ट्रामिङ गर्ने अवसर भएको बताए ।

कार्यक्रमका श्रोत व्यक्ति सन्तोष बरालले एआई र बजारीकरण सन्दर्भमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा इन्स्योर परियोजना गण्डकीका प्रमुख सुशील लिंखाले उक्त परियोजनाका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०९:१७
हजुरको प्रतिक्रिया