२०८३ साउन २१ गते बिहीबार

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ति जोखिममा

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ति जोखिममा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार १२:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तिमा जोखिम रहेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएका छन्। आगामी असार १६ देखि १९ गतेसम्म...

काठमाडौं ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तिमा जोखिम रहेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएका छन्।

आगामी असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिलमा हुने विकासका लागि वित्तु विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा काठमाडौंमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन्।

विकासशील देशहरूमा बाह्य ऋणको बढ्दो बोझले सामाजिक विकास कार्यक्रमहरू प्रभावित भएको हुँदा वित्तीय प्रणालीमा तत्काल सुधार आवश्यक भएको बताए।
उनले विश्वभरका विकासशील र विकासोन्मुख देशहरूमा सरकारले आफ्ना नागरिकहरूको स्वास्थ्य र शिक्षामा भन्दा बढी रकम ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको जानकारी दिए।

साथै ति देशहरूले आफ्नो कुल राजश्वको १० प्रतिशत भन्दा बढी ब्याज तिर्नमा खर्च गरिरहेको भन्नु हुँदै स्वास्थ्य,शिक्षा भन्दा ऋण सेवामा बढी खर्च भएको र नेपाल सहित विकासोन्मुख र विकासशील राष्ट्रहरूको विकास यात्रालाई यसले जोखिममा पारेको जानकारी गराए।

उनले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय प्रणाली विकासशील तथा न्यून आय भएका मुलुकहरूको वास्तविक आवश्यकता र प्राथमिकताको दृष्टिले पर्याप्त समावेशी र न्यायसंगत नभएको प्रस्ट पारे।

उनले नेपालको आर्थिक स्थितिको बारेमा जानकारी दिँदै १६ औं योजनाको अवधिमा कुल १११।८४ खर्ब रुपैयाँ लगानी हुने जसमा सार्वजनिक, क्षेत्रबाट ३०।२५, निजी क्षेत्रबाट ६७।२५, र सहकारी क्षेत्रबाट २।६५ लगानी आवश्यक रहने दाबी गरे।

नेपालले सन् २०२४ देखी सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २११ खर्ब ६५ अर्ब रुपैयाँ ९वार्षिक औसतः ३० खर्ब २३ अर्ब रुपैयाँ० लगानी आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए। साथै सन् २०२४ देखि ३० को अवधिमा औसतमा ७५५ अर्ब रुपैयाँ ९औसतमा कुल गार्हस्थ्य उत्पादनको ११।१ प्रतिशत० को वित्तीय अन्तर रहने र यसमध्ये पनि सार्वजनिक क्षेत्रमा वार्षिक औसत वित्तीय अन्तर ४२६ अर्ब रुपैयाँ हुने र निजी क्षेत्रको लागि वित्तीय अन्तर ३२९ अर्ब रुपैयाँ हुने अनुमान रहेको हुँदा लक्ष्यअनुसार पूर्वाधार, दिगो शहर, शिक्षा, स्वास्थ्य, र खानेपानी सरसफाईमा सबैभन्दा ठूलो वित्तीय अन्तर देखिएको तथ्याङ्कीय जानकारी प्रस्तुत गरे।

उपाध्यक्ष अधिकारीले दिगो विकासका लक्ष्यहरू विश्वव्यापी रूपमा सहमति भएका महत्त्वपूर्ण एजेण्डा भए पनि ति लक्ष्यहरू कार्यान्वयनका क्रममा विकासशील तथा विकासोन्मुख मुलुकहरूमा स्थानीय आवश्यकता र प्राथमिकता हुने नहुने कुराले बाह्य ऋणमा असर गर्ने उल्लेख गरे।

उनले ऋणको सन्तुलित व्यवस्थापन र पारदर्शी प्रयोग, स्थानीय प्राथमिकताको सम्मान, र समावेशी वित्तीय प्रणाली निर्माणमा जोड दिँदै विकासशील राष्ट्रहरूमा दीगो, न्यायपूर्ण र प्रभावकारी विकासका लागि स्थानीय प्राथमिकता आधारित योजना अवलम्वन गर्नु अत्यावश्यक रहेको बताए।

विश्वव्यापी विकास एजेण्डाहरूलाई सघाउन ऋण प्रवाह भइरहे पनि त्यसको संरचना र शर्तहरूले विकासशील तथा न्यून आय भएका मुलुकहरूमा स्थानीय आवश्यकता र सशक्तिकरणलाई बेवास्ता गरिरहेको बताए।
उनले हालको अन्तर्राष्ट्रिय वित्त विकास मोडलको पुनरावलोकन गर्न जोड दिँदै दिगो विकास लक्ष्यहरू हासिल गर्ने प्रक्रिया कमजोर र असमान हुन नहुने बताए।

नयाँ सोच, नयाँ संरचना, र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न विकासशील र न्यून आय भएका मुलुकहरूका लागि स्थानीय अनुकूल अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको पुनःपरिकल्पना आवश्यक रहेको बताए।

साथै उनले अन्तर्राष्ट्रिय मंचहरूमा नेपालले ऋण न्याय र स्थानीय आवश्यकता–उन्मुख विकास मोडलका पक्षमा आवाज उठाउने तयारी गरिरहेको समेत जानकारी गराए।

 

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार १२:३१
हजुरको प्रतिक्रिया