२०८३ असोज २६ गते सोमबार

नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुन्छः गृहमन्त्री लेखक

नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुन्छः गृहमन्त्री लेखक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार ०३:०७

काडमाडौ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बताएका हुन् । उनले विधेयक छिटो पारित...

काडमाडौ ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बताएका हुन् ।
उनले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उल्लेख गरे ।
सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पु¥याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने उनको भनाई छ ।
उनले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गरे ।
गृहमन्त्री लेखकले भने, ‘विधेयक चाँडो गरौँ । सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार छ । छिटो छलफल गरेर यसलाई टुंग्याऔँ । यो भन्दा पहिला हाम्रो मन्त्रालयबाट नेपाल नागरिकता ऐन संशोधनको विषय आयो । त्यसमा पनि यही निवेदन गरेको थिएँ । चाँडो टुंग्याइदिऔँ भनेर । समितिले छोटो समयमा छलफल गरेर यो विधेयक यो समितिबाट टुंगोमा पुगेको छ । मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेश हुँदैछ । त्यसलाई १४ गते पास गर्छौं । चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ । यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ ।’
समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल शुरु भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०३:०७
हजुरको प्रतिक्रिया