२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय महिला भलिबलः गण्डकी बन्यो चौथो, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

राष्ट्रिय महिला भलिबलः गण्डकी बन्यो चौथो, रिक्जना बोटे बनिन् उदीयमान खेलाडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ११ गते बुधबार ०७:०४

पोखरा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चाैथाे स्थान हासिल गरेको छ । । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थामा रह्यो । गण्डकी पुलिससँग २३–२५,...

पोखरा
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले चाैथाे स्थान हासिल गरेको छ । । हेटौंडामा बुधबार तेस्रो स्थानमा लागि भएको खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित हुँदा चौथो स्थामा रह्यो । गण्डकी पुलिससँग २३–२५, १८–२५ र १८–२५ ले पराजित हुन पुग्यो ।

चौथो बनेको गण्डकीले नगद ५१ हजार रुपैयाँ हात पा¥यो । गण्डकीकी रिक्जना बोटे प्रतियोगिताकै उदीयमान खेलाडी बनिन् । उनले ट्रफी र नगद ५ हजार पाइन् ।

तेस्रो बनेको पुलिसले १ लाख प्राप्त ग¥यो । फाइनलमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्ड स्पोटर््स क्लब च्याम्पियन बन्यो । न्यू डायमण्डले एपिएफलाई २५–१२, २५–२३ र २५–१८ ले जित निकाल्यो । उपाधि जितेको न्यू डायमण्डले नगद ५ लाख हात पा¥यो । उपविजेता बनेको एपिएफले ३ लाखमा चित्त बुझायो ।

उत्कृष्ट सर्भर कोपिला राना पुलिस, उत्कृष्ट लिब्रो न्यु डायमन्ड सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफ गरिमा बोहोरा, उत्कृष्ट सेटर न्यु डायमन्ड प्रगति नाथ, उत्कृष्ट स्पाइकर एपीएफ निरुता ठगुन्ना र बेस्ट प्लेयर डाइमन्डकी सुमित्रा रेग्मी चुनिए । नेपाल स्पोर्ट क्लबको आयोजनामा भएकाे प्रतियाेगितामा ६ टाेली सहभागी भएका थिए ।

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार ०७:०४
हजुरको प्रतिक्रिया