२०८३ साउन २१ गते बिहीबार

मलको हाहाकार छ, हुन्छः मन्त्री अधिकारी

मलको हाहाकार छ, हुन्छः मन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार ०३:२४

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्। नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवर्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मलको हाहाकार रहेको र भइरहने...

काठमाडौँ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्।

नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवर्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए।

उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मल आएको बताए। बजारमा माग ११ लाखदेखि १३ लाख टनको रहेको र आपूर्ति एक चौथाइ भएकाले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको बताए।

उधारो दूध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो गरे।

मन्त्री अधिकारीले भने, ‘म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो। मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ। गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टनभन्दा बढी मल आउँदै आउँदैन। बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ। एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउनसक्छौँ। सम्भावनै छैन तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ।’

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्या रहेको बताए।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०३:२४
हजुरको प्रतिक्रिया