२०८३ साउन २१ गते बिहीबार

अब लाइसेन्स निकाल्न सजिलाे, यस्ताे बन्याे नयाँ निर्देशिका

अब लाइसेन्स निकाल्न सजिलाे, यस्ताे बन्याे नयाँ निर्देशिका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ २ गते बुधबार ०८:२३

पाेखरा । सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परिक्षा तथा प्रयाेगात्मक परिक्षा ( ट्रायल ) दुवैमा अव थप सजिलाे हुने भएकाे छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत...

लिखित र ट्रायल दुवै परिक्षाकाे विधि संसाेधन गरियाे

पाेखरा । सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परिक्षा तथा प्रयाेगात्मक परिक्षा ( ट्रायल ) दुवैमा अव थप सजिलाे हुने भएकाे छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेकाे हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको विधिमा लिखित र प्रयोगात्मक दुबैमा केहि परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुसाल बताए ।

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले उल्लेख गरे। कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्नेछ ।

नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए ।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०८:२३
हजुरको प्रतिक्रिया