२०८३ साउन २१ गते बिहीबार

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १३ गते शुक्रबार ०३:३२

काठमाडौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् । राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन् । उनले युवाहरुले देशमै...

काठमाडौ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् ।
राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बतएका हुन् ।
उनले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।
उनले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गर्नुभयो । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गरे ।
उनले भने, ‘युवाहरु यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौँ । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरुको दशा देखेकै छौँ । यही देशमा केही गरौँ । सकारात्मक सोच राखौँ । यही गर्न सकिन्छ ।’
मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताए ।
उनले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाई गर्ने, फलफूल बेच्ने लगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने दावी गरे ।
स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०३:३२
हजुरको प्रतिक्रिया