किन राेकिएन बढ्दाे संक्रमण ?
पाेखरा । काेराेना भाइरस संक्रमणबाट बुधबार गण्डकीमा थप १० जनाले ज्यान गुमाएका छन् । मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, बागलुङका एक जना, पर्वतका एक जना, तनहुँका दुई जना, स्याङ्गजाका दुई जना, लमजुङका एक जना र कास्की पोखराका दुई जना छन् ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२१६ पुगेको निर्देशनालयले जनाएको छ।
यस्तै, बुधबार गण्डकीका ४५६ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३३४ जनामा गरिएको नमुना परीक्षणमा थप ४५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४४ जना, तनहुँका २६ जना, गोरखाका ३६ जना, लमजुङका एक जना र नवलपुरका ५२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका ४० जना, पर्वतका १६ जना, बागलुङका ११८ जना र म्याग्दी जिल्लाका २३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७७ हजार ३४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६८८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ।
प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०८:०६




