२०८३ साउन २१ गते बिहीबार

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा

उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १४ गते शनिबार ११:४९

उनले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाए ।
आफूहरुको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने समेत उनले चेतावनी दिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ ।

शनिबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताए ।

उनले सरकारले बनाएको छानविन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाए ।

आफूहरुको माग उच्चस्तरीय छानविन समिति भएको र उच्चस्तरीय छानविन समिति नबनेसम्म आन्दोलन गरिरहने समेत उनले चेतावनी दिए ।

समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने उनको भनाइ छ ।

उनले भने, ‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी छ । यो झारो टार्ने समिति बनेको छ, हामीले मानेका छैनौँ । हाम्रो माग उच्चस्तरीय छानविन समिति हो । हाम्रो माग पूरा नभएसम्म रास्वपाको भिजिट भिसामार्फत मानव तस्करी गरिएको छ । यो समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म हामी आन्दोलन जारी राख्छौँ । प्रधानमन्त्री बोल्नुहुन्छ, हाम्रो आन्दोलन पनि सँगै हुन्छ । ३४ दिनसम्म यो देशको चौथो दल आम नागरिकको विषयमा आवाज उठाउँदा सरकार प्रमुखले यसलाई नजरअन्दाज गर्नुभएको छ । चासो दिइएको छैन ।’

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताए ।

प्रकाशित मिति २०८२ असार १४ गते शनिबार ११:४९
हजुरको प्रतिक्रिया