नेपालले समूहको दोस्रो खेल १८ गते बुधबार श्रीलंकासँग खेल्ने
पोखरा ।
उज्वेकिस्तानमा जारी एएफसी एशियन कप छनोटमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासंग खल्ने भएको छ ।
नेपाल र श्रीलंकाबीचको खेल असार १८ गते बुधबार हुनेछ । यो खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रंगशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।
त्यस्तै नेपलाले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिबार उज्वेकिस्तानसँग खेल्नेछ ।
यसैबीच एशियन कप छनोटअन्तर्गत हिजो भएको समूहको पहिलो खेलमा नेपालले ओसलाई फराकिलो गोल अन्तरले हराएको छ ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो ।
नेपालकी कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमारी घिसिङले १÷१ गोल गरेका हुन् ।
योसँगै नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल पूरा भएको छ । यो जीतसँगै नेपालले समूह ’एफ’ मा ३ अंक जोडेको छ ।
यो समूहमा नेपाल, लाओस, आयोजक उज्वेकोस्तान, श्रीलंका रहेका छन् ।
महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।
१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।
प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०९:२१




