२०८३ असोज २६ गते सोमबार

आज संसद् दिवस, पहिलोपटक संसद्को बैठक बसेको दिन सम्झनामा विभिन्न कार्यक्रम गरि मनाइँदै

आज संसद् दिवस, पहिलोपटक संसद्को बैठक बसेको दिन सम्झनामा विभिन्न कार्यक्रम गरि मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार ०९:३१

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ ।
नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरीमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ ।

काठमाडौं ।

आज ६७ औँ संसद् दिवस, २०१६ साल असार १६ गते नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा विभिन्न कार्यक्रम गरि संसद दिवस मनाइँदैछ ।

नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ ।

नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरीमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ ।

१०९ सदस्यका लागि २०१५ फागुन ७ गते मतदान शुरु भएकोमा साढे दुई महिनापछि अर्थात् २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक असारमा बोलाइएको थियो ।

सो नतिजानुसार नेपाली कांग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजा परिषद् (आचार्य) ले दुई र नेपाल प्रजा परिषद् (मिश्र) ले एक स्थान जितेका थिए भने स्वतन्त्र चारजनाले पनि संसदमा प्रतिनिधित्व गरेका थिए ।

डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशनअन्तर्गत एक बैठकमा एक सांसदले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएबापत केही मिनेट अवरुद्ध भए पनि पुनः सञ्चालन भएको थियो ।

प्रथम संसद्ले १८ महिना पार नगर्दै २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागु भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो ।

यसैबीच सभामुख देवराज घिमिरेले संसदमा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

संसद् दिवस, २०८२ को अवसरमा सोमबार सम्पूर्ण संघीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे ।

आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ ।

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताएका छन् ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०९:३१
हजुरको प्रतिक्रिया