२०८३ असोज २६ गते सोमबार

संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भएनः प्रमुख सचेतक घिमिरे

संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भएनः प्रमुख सचेतक घिमिरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १६ गते सोमबार ०९:४३

संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रश्तुतपछि बोल्दै उनले न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भएको बताए ।
संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको उनले उल्लेख गरे ।

काठमाडौं ।

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रश्तुतपछि बोल्दै उनले न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भएको बताए ।

संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो नभएको उनले उल्लेख गरे ।

उनले सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै प्रश्नसमेत गरे । शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै यसलाई रोक्नपर्ने उनको भनाइ छ ।

यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण हुने र यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो हुने उनले उल्लेख गरे ।

उनले भने, ‘न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भयो । सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने भएको छ । सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त जुन छ । यसमा यो उल्लंघन हुन थालेको देखिएको छ । एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ । यसलाई रोक्नै पर्छ । यो रोकिएन भने एक प्रकारको असमाञ्जस्यता निर्माण गर्दछ । विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको देखिएको छ । अदालतले कानूनको व्याख्या, संविधानको व्याख्या गर्ने हो । कुनै कानून संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो । तर त्यो भन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरुमाथि विनियोजन विधेयकहरुमाथि पनि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भइरहेको छैन । यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।’
प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको बताए ।

असाधारण अधिकार क्षेत्र भनेर कार्यान्वयन नै हुन नसक्ने अस्वभाविक र अव्यवहारिक निर्णय गरिदिने गरेको घिमिरेको भनाइ थियो ।

प्रकाशित मिति २०८२ असार १६ गते सोमबार ०९:४३
हजुरको प्रतिक्रिया