२०८३ साउन २१ गते बिहीबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १८ गते बुधबार १०:०६

बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, भ्रातृ संस्थाबारे छलफल भइरहेको छ ।

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

सोमबारदेखि जारी बैठक आज तेस्रो दिन दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

हिजोसम्म ३५ केन्द्रीय पदाधिकारी र सदस्यले आ–आफ्ना धारणा राखि सकेको पौडेलले बताए । आज बाँकी सदस्यले धारणा राख्नेछन् ।

हिजो अधिकांश सदस्यले सरकारको कार्यशैली र एमालेसँगको सत्ता सहकार्यबारे कैयन प्रश्न उठाएका थिए । यस्तै पार्टीमा महाधिवेशनको मुद्दा झन पेचिलो बन्दै गएको छ ।

अधिकांश सदस्यहरुले २०८२ सालभित्र निर्धारित समयमै १५ औँ महाधिवेशनको सुनिश्चितता खोजेका छन् ।

संस्थापन इतर पक्षका नेताहरुले महाधिवेशन कहिले हुने भन्नेबारेमा अन्यौल रहेका भन्दै पदाधिकारीहरको जवाफ मागेका छन् ।

बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, भ्रातृ संस्थाबारे छलफल भइरहेको छ ।

यस्तै संसद् तथा सरकारमा पार्टीको भूमिका र समसामयिक विषयमा पनि धारणा राख्ने क्रम चलिरहेको मुख्य सचिव पौडेलले बताए ।

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार १०:०६
हजुरको प्रतिक्रिया