२०८३ साउन २१ गते बिहीबार

माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो

माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ४ गते शुक्रबार ०४:०६

पाेखरा । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग...

पाेखरा । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।

त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्‍याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

राजेन्द्र पाण्डेसहितको टोली राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ को उपनियम ५ अनुसार निवदेन दर्ता गरेको जानकारी दिँदै आयोग स्रोतले भन्यो, ‘वहाँहरुले नियमअनुसार निवेदन दिनुभएको छ । अब चाँडै केन्द्रीय सदस्यहरुको सनाखतको प्रक्रिया अघि बढ्छ ।’

दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए ।

यसैबीच, बिहीबारको एक कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव समुहको सनाखतपछि मात्र मन्त्रिमण्डल विस्तार गरिने बताएका थिए ।

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०४:०६
हजुरको प्रतिक्रिया