२०८३ साउन २१ गते बिहीबार

गण्डकी लिग फुटबलः उपाधिका लागि लालिगुराँस र हरिनाश भिड्ने

गण्डकी लिग फुटबलः उपाधिका लागि लालिगुराँस र हरिनाश भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १८ गते बुधबार ०८:२९

पोखरा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि कास्कीको लालिगुराँस एसोसिएसन र तनहुँको हरिनाश क्लब भिड्ने भएका छन् । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा जारी लिगको समूह ‘ए’ बाट लालिगुराँस र समूह...

पोखरा
गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि कास्कीको लालिगुराँस एसोसिएसन र तनहुँको हरिनाश क्लब भिड्ने भएका छन् ।

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा जारी लिगको समूह ‘ए’ बाट लालिगुराँस र समूह ‘बी’ बाट हरिनाश क्लब शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेका हुन् । फाइलन खेल बिहीबार दिउँसो एक बजेबाट सुरु हुनेछ । बुधबार भएको खेलमा तनहुँलाई बराबरीमा रोक्दै फाइनलमा स्थान पक्का गरेको हो । कास्कीको लालिगुराँसले भने यसअघि नै फाइनलमा स्थान पक्का गरेका थियो ।

लिगमा गण्डकीका ७ जिल्लाका ७ क्लबको सहभागिता रहेको लिगको विजेता टिमले २ लाख, उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगको समूह ‘ए’ तर्फ लालिगुराँस एसोसिएसन (कास्की), चिल्ड्रेन लाइफ स्पोट्र्स क्लब (बागलुङ), स्याङजा युथ क्लब (स्याङजा) र हरमतरी क्लब (गोर्खा) थिए । यस्तै समूह ‘बि’ तर्फ श्री चोरमारा युवा क्लब (नवलपुर), हरिनाश क्लब (तनहुँ) र हिलेबजार युवा क्लब (लम्जुङ) ले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार ०८:२९
हजुरको प्रतिक्रिया