२०८३ साउन २१ गते बिहीबार

पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण

पोखरा विमानस्थलमा ३६ लाख लिटरको हवाई इन्धन डिपो निर्माण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १९ गते बिहीबार ०३:०७

पोखरा, १९ असार । पोखरा अन्तर्राष्ट्रिय ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण भएको छ । विमानस्थल सञ्चालनमा आएको करिब साढे दुई वर्षपछि डिपो निर्माण भएको हो । इपिसी मोडलमा निर्माण भएको डिपोको नेपाल आयल निगमले करिब भ्याट...

पोखरा, १९ असार ।

पोखरा अन्तर्राष्ट्रिय ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण भएको छ ।

विमानस्थल सञ्चालनमा आएको करिब साढे दुई वर्षपछि डिपो निर्माण भएको हो ।

इपिसी मोडलमा निर्माण भएको डिपोको नेपाल आयल निगमले करिब भ्याट वाहेक ७५ करोड रूपैयाँको लगानीमा विमानस्थलमा डिपो निर्माण गरेको हो ।

१२ लाख लिटरका तीन वटा हवाई इन्धन ट्यांकसहित अत्याधुनिक डिपो निर्माण सम्पन्न भएको परियोजना प्रमुख प्रदीप यादवले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिए । साउन दोस्रो सातादेखि डिपोबाट इन्धन विक्री सुरु हेने निगमले जनाएको छ ।

२०८० साउन १ गते डिपोको शिलन्यास गरिएको थियो । नेपाली कन्सल्टेन्ट र ठेकेदारले पहिलो पटक स्वदेशी लागनी र प्रविधिमा डिपो निर्माण भएको निगमले जनाएको छ ।

पोखरा विमानस्थलमा दैनिक २० देखि २५ केएल इन्धन खपत हुने गरेको छ । अहिले खपत अनुसार फुल टयांकले ४ महिलानका लागि पुग्ने स्टोर गर्ने क्षमता राख्छ । नयाँ विमानस्थलमा इन्धन डिपो नहुदाँ पुरानो विमानस्थलबाट ओसानुपर्ने बाध्यता रहेको थियो । पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको भण्डारण छ ।

डिपोमा आगजनी नियन्त्रणका लागि १२ सय किलोलिटरको पानी टयांक र ४ हजार लिटरको पम्प टयांक निर्माण गरिएको छ । । नागरिक उड्डयन प्राधिकरणले डिपो निर्माणका लागि ९ हजार २ सय १५ वर्गमिटरमा जग्गा नेपाल आयल निगमलाई उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति २०८२ असार १९ गते बिहीबार ०३:०७
हजुरको प्रतिक्रिया