पोखरा ।
नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ ।
नेपालमा पहिलोपटक हुन लागेको फाइभ ए साइड इन्डोर हक्की प्रतियोगिता जुन ५ अर्थात् शनिबार हुन लागेको हो ।
प्रतियोगितामा गण्डकी,कोशी, मधेश, बागमती, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की संघका महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिता भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।
समूह ‘ए’ मा कोशी, बागमती र सुगूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेश छन् । यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको टेक्निकल डाइरेक्टरले जानकारी दिए ।
उनका अनुसार यो फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ । साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन् ।
प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०९:०३




