एन्फाले ८९ खेलाडीहरूलाई छनोटमा बोलायो
पोखरा ।
यू–२३ राष्ट्रिय फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो ।
सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ । खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ।
छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ ।
यू–२३ राष्ट्रिय टोलीको छनोटका लागि बोलाइएका ८९ खेलाडीहरूमा गोलकिपर कृशल मोक्तान, जियारथ सेख, अमीत तमाटा, रोबिन बोगटी, बिशाल केसी, अटिप शेर्पा, सरिन जीसी, बिबेक मगर, तोहन शेर्पा, कुषल गिरी, सफल तिमिल्सिना, योगेश ढुंगेल, अमर बी. नेवार छन् ।
त्यस्तै डिफेन्डर सेमान्त थापा, राम थापा, सबिन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, दिपक थापा मगर, शंकर थारु, अउश तिमल्सिना, सुदीप केसी, बिशाल नेपाली, सेइसन दानी, विपन शेर्पा, निशानराज लवोट, अनिश परियार, अभिषेक वैबा, मोहित गुरुङ, निग्मा घिसिङ, गौरव शेर्पा, स्वोयम शेर्पा, आशिष ताम्राकार, नोर्बु लामा, नोर्बु तामाङ, रोशन तामाङ, करण तामाङ रहेका छन् ।
मिडफिल्डर सरोज दर्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश चौधरी, बिक्रम गौतम, संजीव लामा, अरुण शाह, जन्मजय धामी, रोजल दाहाल, पेम्बा लामा, आलिक शेर्पा, आशिष सोनाम, प्रसान गुरुङ, मनाग्य नकर्मी, रोहित सुब्बा, पुजन थापा, अभिनाश थापा, अभि स्याङ्तान, प्रशान्त लाक्षम, दीपेश गुरुङ, मिखल खरबुजा, अरुण मेचे, आशिष राई, सुजात डन्डोल, बिक्रम डोङ, प्रदीप लम्साल, मुकुन्द कुमार नेउरा छन् ।
टोलीमा फरवार्ड निराजन धामी, सुजन डंगोल, बिज्ञान खड्का, निरोज चौधरी, सुजन मगर, निरज कार्की, सबिन लुङ्गेली, मिलन तामाङ, अनिल बोमजोन, बिजय उराउ, निश्चित थापा, दिकेश लामा, रोहन खड्गी, मोहित गुरुङ, श्यरब लो तामाङ, धर्मेन्द्र कुँवर, दिव्य विक्रम चौधरी, आयुष कुँवर, समिर तामाङ, ग्रेमन शेर्पा, निराजन मल्ल, अशोक दर्लामी, शिव चौलागाईं, दिपेश चाम्लिङ राई, आरोन थापा रहेका छन् ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०९:२४




