२०८३ असोज २३ गते शुक्रबार

एएफसी महिला एसियन कप छनोट : समूह एफको अन्तिम खेल आज नेपाल र उज्बेकिस्तानबीच

एएफसी महिला एसियन कप छनोट : समूह एफको अन्तिम खेल आज नेपाल र उज्बेकिस्तानबीच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २१ गते शनिबार ०९:२७

समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा ६ अंकसहित तालिकाको दोश्रो स्थान र समान खेलमा ६ अंक नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ ।
आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्ने

 

पोखरा ।

एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानसंग खेल्दैछ ।

समूह चरणकको अन्तिम खेल उज्वेकिस्तानको तास्केन्तमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा ६ अंकसहित तालिकाको दोश्रो स्थान र समान खेलमा ६ अंक नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ ।

आज हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।

आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलंकालाई ८–० गोलले हराएको थियो ।

यस्तै उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलंकालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।

आजको खेलमा अंक र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ ।

आजको खेल नेपालले जितेमा २६ वर्षपछि नेपाली महिला टिम एसियन कपमा छनोट हुनेछ । नेपालले पछिल्लो पटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो ।

यस्तै उज्बेकिस्तानले २००३ मा पछिल्लो पटक एसियन कप खेलेको थियो । फिफा महिला विश्वकप र ओलम्पिक फुटबलको समेत छनोट प्रकृया रहेकोले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ ।

 

प्रकाशित मिति २०८२ असार २१ गते शनिबार ०९:२७
हजुरको प्रतिक्रिया