२०८३ असोज २३ गते शुक्रबार

नेपाल आइडलकाे निर्णायकमा शम्भुजित, सुगम र सुवानी

नेपाल आइडलकाे निर्णायकमा शम्भुजित, सुगम र सुवानी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ४ गते शुक्रबार ०६:३१

पाेखरा । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा,...

पाेखरा । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । नेपाल आइडल सीजन-४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।

सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०६:३१
हजुरको प्रतिक्रिया