२०८३ असोज २३ गते शुक्रबार

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्याे यू–१६ इस्ट जाेन कपकाे उपाधि

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्याे यू–१६ इस्ट जाेन कपकाे उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २१ गते शनिबार ०१:२८

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि जोय थापाले...

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ ।

शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए ।

एक समय ४०–१ को अवस्थामा रहेको नेपालले निरन्तर विकेट गुमाउँदा ५८–५ को अवस्थामा पुगेको थियो । त्यसपछि जोय र शुभम खनाल मिलेर साझेदारी बनाएका थिए ।

नेपालको स्कोर ९१–६ हुँदा शुभम १६ रनमा आउट भएपछि फेरि नेपाल ९२–८ को अवस्थामा पुग्यो । त्यहाँबाट जोयले लगातार तीन चौका पनि प्रहार गर्दै अभय यादवसँग मिलेर साझेदारी बनाए । अभयले विजयी छक्का नै प्रहार गरे ।

सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिएपनि टोलीको जितको लागि भने पर्याप्त भएन । युवान पाण्डेले २ विकेट लिए । आकाश तेजा र वेदांश गुप्ताले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए । नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

प्रकाशित मिति २०८२ असार २१ गते शनिबार ०१:२८
हजुरको प्रतिक्रिया