२०८३ साउन २१ गते बिहीबार

लेखक तथा साहित्यकार अनिल कार्कीको उपन्यास मिथकको हकदावी लोकार्पण

लेखक तथा साहित्यकार अनिल कार्कीको उपन्यास मिथकको हकदावी लोकार्पण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २१ गते शनिबार ०८:०७

पोखरा लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास मिथकको हकदावी शनिबार लोकार्पण गरिएको छ । कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा उपन्यासको गृह लोकार्पण...

पोखरा
लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास मिथकको हकदावी शनिबार लोकार्पण गरिएको छ । कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा उपन्यासको गृह लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कतिपय संस्कृति लोप हुँदै गइरहेको अवस्थामा फरक समुदायको व्यक्तिले नेवारी समुदायको विषयमा कथा वस्तु लेख्नु आश्चर्यजनक र सुखद पक्ष रहेको बताए ।

उनले विविध कारणले नेपालीहरू बिदेसिन बाध्य रहेको औँल्याउँदै खास गरी पश्चिमा मुलुकमा गएका पहिलो पुस्ताले आफ्नो पहिचान नभुले पनि दोस्रो पुस्ताले आफ्नो देश, भाषा र संस्कृति बिर्सिँदै गइरहेको अवस्थामा अमेरिकामा रहेको युवाले आफ्नो पुर्खा खोज्दै आफ्नो हकदावी पेश गर्नु उपन्यासको महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।

कवि तथा लेखक गनेस पौडेलले लेखक कार्की फोटोग्राफी तर्फ अत्यन्त रुचि राख्ने र मूलतः मानवीय संवेदनालाई छुन सक्ने एउटा भावात्मक र प्रेमिल मनका व्यक्ति भएको बताए ।

उपन्यासमाथि चर्चा गर्दै साहित्यकार, विश्लेषक तथा लेखक गौरी तमुले ‘कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा उपन्यास मिथकको हकदावी ले देखाउन खोजेको बताइन् । आफ्नो संस्कृतिको संरक्षण गर्न युवापुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने यो उपन्यासले सिकाएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार २१ गते शनिबार ०८:०७
हजुरको प्रतिक्रिया