२०८३ साउन २१ गते बिहीबार

सात वटा संसदीय समितिको बैठक बस्दै

सात वटा संसदीय समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २२ गते आइतबार ०९:२०

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रश्ताव दर्ता गर्नुहुने संशोधन प्रश्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रश्ताव दर्ता गर्नुहुने संशोधन प्रश्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ ।

बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा विक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१,सुनकोशी मरित डाइभर्सन आयोजनाबारे छलफल हुनेछ ।

त्यसैगरि बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा उपर छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । सो समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुने कार्यसस्ची छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ असार २२ गते आइतबार ०९:२०
हजुरको प्रतिक्रिया